एसईई उत्तीर्ण गर्ने क्षात्रालाई कम्प्युटर वितरण

[sharethis-inline-buttons]

आज्ञा खबर
वीरगन्ज
वीरगन्ज महानगरपालिका–३० का २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत वडाका २६ जना छात्रालाई वडा कार्यालयले कम्प्युटर सेट वितरण गरेको छ।

शिक्षा सेवा आयोगको परीक्षा पास गरेर सामुदायिक विद्यालयमा अध्यापनरत सो वडाकै शिक्षकहरूलाई पनि ल्यापटप प्रदान गरिएको हो ।

वडा समितिको कार्यालयले सो बडा भित्रका २६ जना छात्रालाई मनिटर, सीपीयु, किबोर्ड र माउसहितको कम्युटर सेट वितरण गरेको जनाएको छ।
शिक्षक सेवा आयोगको परीक्षा पास गरेर हाल सामुदायिक विद्यालयमा अध्यापनरत उक्त वडाकै शिक्षकद्वय प्रेमलाल साह र नईम मियाँलाई १÷१ थान ल्यापटप प्रदान गरिएको वडाध्यक्ष मनोज यादवले जानकारी दिए।

बिहीबार वडा नम्बर ३० लालपर्सास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किशोरीहरू र शिक्षकलाई कम्प्युटर सेट र ल्यापटप प्रदान गरे।

कार्यक्रममै वीरगन्ज महानगरका ३२ वडामध्ये दोस्रो स्थान हासिल गर्न गर्न वडा नम्बर ३० लालपर्साको स्वास्थ्य चौकीमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वंयसेविकालाई १÷१ थान स्मार्टफोन मोबाइल पनि वितरण गरियो।

मधेसी समुदायका छोरीचेलीहरूलाई उच्चशिक्षा अध्ययनका लागि प्रोत्साहित गर्न कम्प्युटर वितरण गरिएको वडाध्यक्ष यादवले बताए।

शिक्षक सेवा आयोगको परीक्षा पास गरेर सरकारी सेवामा प्रवेश गरेका आफ्ना वडाका दुई शिक्षकलाई ल्यापटप वितरण गरेर सम्मानित गरिएको उनले बताए। अब २८० सालको एसईई उत्तीर्ण गरेका आफ्ना वडाका छात्राहरूलाई पनि कम्प्युटर वितरण गरिने र त्यसका लागि सूचना आह्वान गरिसकिएको जानकारी उनले गराए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...