आज्ञा खबर
सर्लाही
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह सहभागी कार्यक्रममा ढुंगामुढा प्रहार भएको छ । सर्लाही क्षेत्र नं. ४ का स्वतन्त्रबाट निर्वाचित सांसद सिंह धनकौल गाउँपालिकास्थित वडा नं. ६ र ७ मा कार्यकर्ता भेटघाट कार्यक्रममा सरिक हुँदा केहीबेर असहज स्थिति सिर्जना भएको हो । सांसद सिंहले मन्तव्य राख्नेक्रममा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले ढुंगा हानेका हुन् । ढुंगा हानेर कुनै पनि प्रकारको क्षति हुन पाएन ।
सांसद केही दिनदेखि आफ्ना कार्यकर्तासँग भेटघाटमा व्यस्तछन्। घटना स्थलको स्थानीय प्रशासनले आवश्यक मात्रामा सुरक्षा प्रदानगरेको थियो । सुरक्षाको हिसाबले संवेदनशील मानिने क्षेत्र नं. ४ का सांसद सिंह जिल्ला आएका बेला सुरक्षा पहरा दिने गरिएको छ ।
सर्लाही प्रहरीका एक सुरक्षा अधिकारीका अनुसार सांसद सिंहको भाषणका क्रममा ढुंगा हानिएपनि ठुलो संख्यामा प्रहरी परिचालित भएकाले कुनै प्रकारको क्षति हुन पाएन।
। प्रहरीले सांसद सिंहलाई सुरक्षित घर पुर्याएको ति सुरक्षा अधिकारीले जानकारी दिए ।सांसद सिंहमाथि ढुंगामुढा भएको ठाउँ नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह र कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको गाउँ हो ।





































