महोत्तरीबाट प्रतिबन्धित लागूऔषध कोडाइन बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
सशस्त्र प्रहरी बल , नेपाल बोर्डर आउट पोष्ट ( विओपि) सम्सीले सम्सी गाउँपालिका वडा नं ४ भेटपुर सीमा इलाकाबाट नेपालमा प्रतिबन्धित लागू औषध कोडाइनको ३ सय ६० बोतल बरामद गरेको छ ।

बिहान ६ः३० बजे विओपिबाट भेटपुर सीमा इलाकाको गस्तीमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा गस्ती टोलीलाई देखी बिआर ०६ बिए ५०४३ नम्बरको भारतीय नम्बरको हिरो होन्डा मोटरसाइकलमा सवार व्यक्ति मोटरसाइकल छाडी भारततर्फ भागेपछि मोटरसाइकलमा रहेको जुटको बोरा चेकजाँच गर्दा Onerex लेखिएको ३६० बोतल कोडाइन फेला परेको हो ।

मोटरसाइकल चालकले एक थान मोबाइल पनि छोडी भागेका छन् । बरामद भएको लागू औषध , सवारी साधन र मोबाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइने विओपि सम्सीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...