आज्ञा खबर
सिरहा
सिरहा प्रहरीले स्रोत नखुलेको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग उर्लावारी नगरपालिका ५ का ३० वर्षीय दीपेन्द्र विश्वकर्मा रहेका छन।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानले लहान ७ दुर्गामन्दिरबाट १० लाख ४० हजार मूल्य बराबरको ८ केजी चाँदीको गहनासहित उनलाई पक्राउ गरेको हो ।
चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रङ्गको झोला चेकजाँच गर्दा चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
सो गहनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको र गहनासहित उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





































