आज्ञा खबर
सर्लाही
सर्लाहीको कविलासी नगरपालिकाले पूर्व वडाध्यक्षको निधनमा आज (आइतबार) नगरभर शोक बिदा दिएको छ ।
नगरपालिकाको वडा नं. ४ हेमपुरका निवर्तमान वडाध्यक्ष अरविन्दकुमार यादवको निधनमा दुःख व्यक्त गर्दै आज एक दिनका लागि नगरभित्र शोक बिदा दिइएको हो । मेयर ब्रह्मदेव रायले मृतकप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै परिवार र आफन्तजनमा समवेदशन प्रकट गरेर प्रेस विज्ञप्ती जारी गरी आज एक दिन नगरपालिका भित्रका आकस्मिक बाहेकका सबै सेवा बन्द रहने उल्लेख गरेका छन् ।
शोक बिदाका कारण कविलासीमा नगरपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायत नगरपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालयहरु बन्द रहेका छन् ।
४३ वर्षीय यादवको शुक्रबार राति बरहथवा नगरपालिका–१० स्थित किसनपुर चोकमा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित यादव २०७९ को निर्वाचनमा पनि प्रत्यासी थिए ।
एमाले सर्लाही जिल्ला कमिटीको सदस्य समेत रहेका यादवको निधनमा पार्टीले जिल्लाभर हिजो, आज र भोली तीन दिन कुनै कार्यक्रम नगर्ने विज्ञप्ती जारी गरेको छ।





































