बर्दिवासमा मोटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्षको मृत्यु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–८ करमटोकी नजिकै आईतवार बिहान मोटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्षको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका – २ का वडा अध्यक्ष अन्दाजी ३५ वर्षीय मुकेश कुमार यादब रहेका छन् । बर्दिवास ,जलेश्वर सडकखण्ड अन्तरर्गत बर्दिवासबाट रामगोपालपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश –०१–००१ प ६३६२ नम्बरको रातो,कालो रंगको पल्सर मोटरसाइकल बर्दिवास नगरपालिका ८ करमटोकी नजिकै तिब्रगतीका कारण अनियन्त्रितहँुदा सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा वडा अध्यक्ष यादबको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको समेत उनले बताए ।

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...