घर भत्किएपछी पाण्डब परिरवारको बिचल्ली : नगरपालिकाले सहयोगगर्ने

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास ३ पाटु स्थित शनिवार दिउँसो काठको घर भत्किदा ३ लाख बराबरको क्षती भएको छ।
स्थानिय पाण्डब कडे्लको दुई तल्ले चार कोठाको घर भत्किदा घरभित्र रहेको खाद्यान्न,लत्ताकपडा र अन्य समान नस्ट भएको बर्दिवास नगरपालिका वडा नम्बर ३ नेपाली काग्रेसका सभापती पशुराम रायमाझीले जानकारी दिए ।

सिमेन्टको टालीले छाना छाएको सो घर अत्यधिक पुरानो भई घरका सबै खावाहरु मक्किएको कारण भत्किएको बताईएको छ । घर भत्किदा घरका सबै मानिस बाहिर रहेकाले कुनैपनी किसिमको मानबिय क्षती हुँन पाएको छैन । घर ढलेपछी उद्धारकालागी स्थानिय राजनितीक दलका प्रतिनिधि,प्रहरी र स्थानियवासी खटिएको प्रहरीले जनाएको छ ।

सो घटना घटे लगत्तै बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री, वडा अध्यक्ष बिराट कुमार बिष्ट, नेपाल रेडक्रस सोसाईटी उपशाखा बर्दिवासका अध्यक्ष रेबन्त कार्की (सुदिप) घटनास्थल पुगेर बिश्त्रृत जानकारी लिदै पिडित परीवारलाई बर्दिवास रेडक्रसले उपलब्द गराएको राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यसैक्रममा नगरप्रमुख क्षेत्रीले पाण्डब परिवारको नयाँ घर निर्माणमा लाग्ने समाग्री बर्दिवास नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।उनले बिपदमा परेका नागरिकको घाउमा मलम लगाउनु नगर प्रमुखको मुख्य दायित्व रहेकोले सधै नगरबासीको दुखमा आफ्नो साथ रहने जनाए।
यातायात मजदुरको रुपमा कार्यरत अतिबिपन्न पाण्डब परीवारको एकमात्रै टाउको लुकाउने आश्रय भत्किएपछी अहिले उनिहरुको परिरवारको बिचल्ली भएको छ । पाण्डब परीवार अहिले छिमेकीको घरमा आश्रित भएर बसिरहेका छन ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...