आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास २ स्थित हाम्रो माया घरको भबन निर्माणकालागी बर्दिवास १ मा रहेको ग्लोबल एकेडेमी स्कुलका बिद्यार्थी शिक्षक र सो शिक्षण संस्था स्यंम समेत सामाजिक अभियानको कार्यमा जुटेको देखिएको छ ।
बर्दिवासमा यहि साउन २१ गतेदेखि २९ गते सम्म हाम्रो माया घर भबन निर्माणकालागी सञ्चालन गरिएको शिव पुराण माहायज्ञमा आर्थिक सहयोग गर्दै सो शिक्षण संस्थामा संलग्न सम्पुर्ण ब्यक्ति समाजिक अभियानमा जुटेका हुँन

बर्दिवासको सडकमा देखिएका वेवारिसे, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र परेका मानवहरु, सडक वालवालिका तथा वेसाहाराहरुको उद्दार तथा व्यवस्थापन गर्ने उदेश्यले भवन निर्माणकालागी आयोजना गरीएको शिब पुराण माहायज्ञमा बिद्यालयका कक्षा १० मा अध्ययनरत विधार्थीहरुले एक आपसबाट रु ५१ हजार १ सय ६५ रुपैयाँ संकलन गरी शिब पुराण माहायज्ञमा महत्वपूर्ण सहयोग गरेको हो ।

सोही क्रममा विद्यार्थीहरुको सामाजिक अभियान तथा परोपकारी भाबनाको प्रसंशा गर्दै विद्यालयका प्रिन्सिपल विश्वराज वाग्लेले सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गरेका छन । उनले यस्ता सामाजिक सहयोग र सदभाबको कार्यमा ग्लोबल एकेडेमिका विद्यार्थीहरु सदैव अगाडि रहेकोले आगामी दिनहरुमा समेत यस्ता कार्यमा बिद्यार्थीहरु अग्रसर रहने विश्वास व्यक्त गरे ।
त्यसै क्रममा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले १ दिनको पारिश्रमिक बराबरको रकम सहित विद्यालयबाट थप सहयोग पाएर रु ५१ हजार ५सय ५५ रुपैयाँ सहित रु. १ लाख २ हजार ७ सय २० रुपैयाँ माहायज्ञमा दान गरेको विद्यालयका निर्देशक अर्जुनमणि पौडेलले जानकारी दिए ।

पौडेलले यस्तो किसिमको मानबिय धार्मिक तथा सामाजिक कार्यमा सहयोग गर्ने विद्यार्थी, शिक्षक कर्मचारी सबैमा आभार व्यक्त गर्दै यो पुण्य कर्ममा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे ।
त्यसैगरी माहायज्ञको उद्घाटन समारोहको कलश यात्रामा ग्लोबल एकेडेमी स्कुलका शिक्षक तथा विद्यार्थीको उल्लेखनिय सहभागीता रहेको थियो।





































