मधेश प्रदेश : ‘जम्बो’ सरकार गठनको विरोधमा सिट्ठी जुलुस

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा जसपा नेपाल निकट युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै विरोधमा सिट्ठी जुलुस निकालेको छ।

जसपा नेपाल निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम सोमवार नगरभित्र सिट्ठी जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो।

यस अघि कुर्सी जुलुस निकालेर मधेश सरकारलाई जम्बो मन्त्रिपरिषद् सानो बनाउन खबरदारी गरेका उनिहरुले आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै सिट्ठी जुलुस निकालेको समाजवादी युवासंघ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताए।

उनिहरुले सत्ता र भत्तामात्र पचाएर मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार नरहेको भन्दै तत्काल राजीनामा दिन समेत माग गरेका छन्।

जनकपुरधामको जनकचोकबाट निकालिएको विरोध ¥याली मधेश भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थी प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि पुगेर विरोध गरेको बताईएको छ ।