आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको जग्गामा नगरप्रमुखको मिलोमतो नरहेको पुष्टि भएको छ।
बर्दिवास–३ स्थित गौरिडाडामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको दक्षिण तर्फको साबिक २५ नम्बर बहादुरगंज गौरीबास वडा नम्बर १ को कित्ता नम्बर १ को जग्गा आयोगको आवास भबन निर्माणकालागी थप १२ कठ्ठा माग गरीएको बताईएको छ।
उक्त जग्गामा स्थानियहरुले खुल्ला मञ्च बनाउने माग गर्दै जग्गा नदिने भनी बिरोध जनाएपछी स्थानिय नागरीकको मागलाई सम्मान गर्दै आईतवार बर्दिवास नगरपालिकाले सम्बोधन गरेको छ। बर्दिवास नगरपालिकाको कार्यालयले मालपोत कार्यालय बर्दिवासलाई पत्र लेख्दै सो जग्गामा स्थानियहरुले खुल्ला मञ्च बनाउने माग गर्दै बिरोध जनाएकाले कुनैपनी संघ संस्थालाई जग्गा उपलब्ध गराउन असहज परिस्थिती उत्पन्न भएको भन्दै उपलब्द गराउन नसकिने जनाएको हो।
सो बिषयमा नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास ,जिल्ला प्रसाशन कार्यालय महोत्तरी र मालपोत कार्यालय बर्दिवास महोत्तरीलाई बोधार्थ समेत दिईएको नगरपालिकाले जनाएको छ ।
आयोगलाई नगरपालिकाले जग्गा दिनकालागी वडा नम्बर ३ बाट जग्गा दिने भनि सिफारिस गरेर कार्यपालिकाको बैठकबाट अनुमोदन गरेपछी मात्रै प्रक्रियामा आउने भएपनी जनभाबना बिपरीत कुनैपनी हालतमा त्यस किसिमको निर्णय गर्न र प्रक्रियामा जान नसकिने बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हाल कार्यालय रहेको दक्षिणतर्फको राष्ट्रिय बिधि बिज्ञान प्रयोगशालाको कार्यालय रहेको पछाडी पुर्वतर्फको जग्गा आयोगलाई आबास भबन निर्माणकालागी सिफास गर्न सकिने नगरपालिकाले मालपोत कार्यालय बर्दिवासलाई पठाएको पत्रमा उल्लेख छ।