निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १२ का एकजना मुसहर समुदायको मृत्यु पश्चात उनको परिवारले आईतवार १ लाख रुपैयाँ जिवन बिमा बापतको रकम भुक्तानी पाएका छन्।
बर्दिवास नगरपालिकाले गत बैशाख २१ गते वडा नम्बर १२ का १८ बर्षदेखी ६९ बर्ष उमेर समुहका २ सय ८ जना मुसहर जातका पुरुष, महिलालाई एकलाख रुपैयाँ बराबरको ३ बर्षे सामुहिक लघु जीवनबिमा गराईदिएपछी मृतक ५४ बर्षिय गुजरु सदाको परीवारले लिबरटी लाईफ इन्स्योरेन्स कम्पनी बर्दिवास शाखा बाट १ लाख रुपैयाँको मृतक बिमा भुक्तान पाएको नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १४का अध्यक्ष बिजयकुमार महतोले जानकारी दिए ।
‘चरम गरिबी, अभाब र अशिक्षाको भुमरीमा पिल्सिएका मुुसहर समुदायको सुरक्षित भविष्य र समग्र हितका लागि बिमा बापतको सम्पुर्ण रकम तिरीदिएर निशुल्क सामुहिक लघु जीवनबिमा गराईदिने बर्दिवास नगरपालिका देश्कै पहिलो नगरपालिका भएको दाबी गरीएको छ।
स्व.सदाको रकम भुक्तानी गर्न बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री, नगर प्रबक्ता बिजयकुमार महतो, वडा अध्यक्ष रामकिशोर साह, लिबरटी लाईफ इन्स्योरेन्स कम्पनी महोत्तरीका प्रब
न्धक रबिन्द्र कुमार मिश्र वडा नम्बर १२ बिजलपुरा पुगेर मृतकका २६ बर्षिय छोरा सम्भु कुमार सदालाई चेक हस्तान्तरण गरेका हुँन ।
यसैगरी बिमित मृतक सदाका छोरा सम्भु सदाले नगरपालिकाले गराईदिको जिवन बिमाले बिपन्न नागरिकलाई मृत्यु अघि बिरामीको उपचारमा लाग्ने खर्च र मृत्यु पश्चात संस्काको काजक्रियाले सधै ऋणको बोझ बोक्नु पर्ने बाध्यताको अन्त्य गर्दै मुसहरहरुको घाउमा ठुलो मलम लगाएको जनाए । उनले नगर प्रमुख क्षेत्रीलाई धन्वाद दिदै भने,नगर सरकार जेन्ना हमरासबके दुख, बिमारमे सहयोग क,रहलहै उहेबात हमरा सबके सबसे बरका उपलब्दी है ,अर्थात नगर सरकारले जसरी हामीलाई दुख पर्दा र बिरामी हुँदा हाम्रोलागी सहयोग गरीरहेको छ ,त्यहिनै हाम्रोलागी सबैभन्दा ठुलो उपलब्दी हो ।
लिबरटी लाईफ इन्स्योरेन्स कम्पनी महोत्तरीका प्रबन्धक रबिन्द्र कुमार मिश्रले चेक बापतको रकम मृतकका छोरा सम्भु सदाको बैङ्क खातामा जम्मा गरिदिएको जनाए ।
उनले लिबरटी लाईफ इन्स्योरेन्स कम्पनीले अहिले सुरक्षित बाल भबिष्य बचत बिमा योजना समेत ल्याएकाले बिमा गराएर भबिष्य उज्वल बनाउन सबैमा आग्रह गरे।
गुजरु सदाको सर्प दंशबाट साउन १० गते मृत्यु भएको थियो ।