आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित मायाघर निमार्णकालागी गौतम होटलको उतरतर्फ लगाईएको शिव पूराण महायज्ञमा
शनिबार दिउँसो २ बजे सम्म रसिद काटेर ६ सय ५३ जनाले दान गरेका छन् ।
महायज्ञमा सहयोगी मनहरुले गरेको दानबाट कूल ८१ लाख २ हजार २३ रुपैया सहयोग संकलन भएको छ भने दान दिने मध्ये केहि ब्यक्तिले १ लाख २ हजार रुपैयाँ गोप्य दान गरेको महायज्ञ मूल आयोजक समितका सचिव चेत कुमार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
शिव पुराणमा महायज्ञ स्थलको चारै कुनामा पाँच सय भन्दा तल दान गर्नेहरुका लागि चार वटा दानपेटीका राखिएको छ । महायज्ञ समापन भएपछि मात्रै सो दानपेटीका खोलेर त्यसको रकम यकिन गरीने बताईएको छ ।
महायज्ञमा महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो ११ हजार इट्टा र बर्दिबास नगरपालिका वडा नं १४ का चन्द्रेश्वर साहले १०५ बोरा सिमेन्ट दान गरेका छन् ।
महायज्ञ मुल आयोजक समितका संयोजक हीरालाल गौतमले सडक आश्रित मानवहरुको उद्धार गरेर राख्नका लागि जनस्तरबाट सहयोग संकलन गरेर हाम्रो माया घर निर्माण गर्न महायज्ञ लगाइएको बताएका छन ।
महायज्ञबाट ढेड करोड संकलन गर्ने लक्ष्य राखिएकोमा छैठौँ दिन सम्म ८१ लाख रुपैयाँ र जिन्सी सरसामाग्री संकलन गरीएको महायज्ञ मुल समारोह समितीले जानकारी दिएको छ ।
महायज्ञ साउन २९ गते सम्म संचालन हुनेछ ।
महायज्ञमा आफुले सकेको दान गर्न महायज्ञ आयोजक समितिले सबैमा आग्रह गरेको छ ।