सामाजिक योगदानमा बिशिष्ठ श्रेणीमा देखिएका मेयर क्षेत्री दम्पतीले दानगरे १५ लाख

निकिता खनाल
बर्दिवास
बिगत लामो समयदेखी बर्दिवास नगरक्षेत्र भित्र सामाजिक अभियान्ताको रुपमा अग्रसर भई नगरकै  सामाजिक योगदानमा बिशिष्ठ श्रेणीमा देखिन सफल बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र उनकी धर्म पत्नी मन्जु क्षेत्रीले बर्दिवासमा हाम्रो माया घर निर्माणार्थ शिव पुराण माहायज्ञको पहिलो दिन नै आफ्नो स्व. हजुरबुवा दल बहादुर क्षेत्री को नाममा २ कोठे भवन निर्माण गर्न रु. १५ लाख दान गरेर समाजिक अभियानमा एउटा ईटा थप्न पुनह सफल भएका छन्।
सोमवारबाट सुरु भएको माहायज्ञमा कथा श्रवण गर्न आउने संस्थागत र व्यक्तिगत दान गर्नेहरुबाट संकलन भएको २० लाख ३४ हजार रकम मध्ये क्षेत्री दम्पतीले १५ लाख दान गरेको मुल आयोजक समितीको सचिवालयले जनाएको छ ।
माहायज्ञमा अन्य रकम बर्दिवास नगर क्षेत्रका व्यवसायी, संस्था र व्यक्तिहरुले दानगरेर सहयोग गरेको माहायज्ञ मुल आयोजक समितिका प्रबक्ता चेत कुमार थापाले जानकारी दिए ।
त्यसैगरी माहायज्ञमा उदिपनारायण महतोले १ लाख २१ हजार,गौतम होटल बर्दिवास र लालगढमा कार्यरत कर्मचारीहरुले एक मुष्ट १ लाख १८ हजार ७ सय,हरिसयनी एकादशी समूह बर्दिवास, बर्दिवास उधोग बाणिज्य संघ, जनता बहुमुखी क्याम्पस बर्दिवास, बर्दिवास नेवार समाज र रोटरी कलवअफ बर्दिवासले संस्थागत रुपमा रु ५१ हजारका दरले सहयोग गरेको माहायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

व्यक्तिगतरुपमा स्थानियहरु माधव पोखरेल र नरहरी गौतमले पनि जनही क्रमश ५१ हजार ५५५ र ५१ हजार सहयोग गरेको प्रबक्ता थापाको भनाई छ । सोमवार देखि सुरु भएको यज्ञमा मंगलवार देखि वाचन सुरु भएको माहायज्ञ २९ गतेसम्म जारी रहनेछ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...