खयरमाराका स्थानिय बासीको १० बर्षको आशालाई नगरप्रमुख क्षेत्रीले गरिदिए पुरा

[sharethis-inline-buttons]

मधब पौडे्ल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–खयरमाराका स्थानिय बासीको १० बर्षको आशालाई बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले आईतवार पुरा गरीदिएका छन। खयरमारा बासी बिरामी भएमा उपचारकालागी सिघ्र अस्पताल लैजाने क्रममा देखिएको यातायातको समस्यालाई समाधान गर्दै नगरप्रमुख क्षेत्रीले एक बिशेश कार्यक्रमकाबिच खयरमारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
महोत्तरी जिल्लाकै अति दुर्गम क्षेत्र भित्रपर्ने बर्दिवास नगरपालिका १० र ११ नम्बर वडाका सुत्केरी महिलालाई निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामीलाई उपचारकालागी यथासिघ्र अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताए।
स्वास्थ्य चौकीमा एम्बुलेन्स ल्याईदिन्छौ भनी तिनै तहका जनप्रतिनिधिहरुले १० बर्षदेखी स्थानिय नागरिकलाई आश्वासन दिदै आएको स्थानिय निरनाथ गेलालको भनाई रहेको छ ।

मधब पौडे्लको एक रिपोट