माधब पौडे्ल
बर्दिवास
अहिलेको सरकार जनताको भरोसाको केन्द्र रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन ।
महोत्तरीको बर्दिवासमा शनिवार नेपाल प्रेस युनियन महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका प्रमुख सचेतकले यस्तो बताएका हुन् ।
उनले देशकै प्रमुख ठूला दल नमिलेसम्म देशमा राजनीतिक स्थिरता नभएको भन्दै ठूला दलको सत्ता समीकरण अब बदलिने स्थिति नरहेको जनाए । नेता घिमिरेले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, परराष्ट्र नीति र कूटनीति, संविधान संशोधन लगायतका महत्वपुर्ण कामको लागि यो सरकार बनेको हुनाले आगामी निर्वाचन सम्मपनी यहि सरकारले नेतृत्वगर्ने उल्लेख गरे ।
घिमिरेले नागरिकका समस्यालाई निकास दिन संविधान संशोधन जरुरी रहेकाले सरकारमा रहेका दलको सहमतिमा आयोग बनाएर संविधानका कुन–कुन बुँदामा संशोधन आवश्यक छ भन्ने गृहकार्य पछि संशोधन गरिने बताए ।
लोकतन्त्रको मुख्य आधार आर्थिक समृद्धि रहेकोले केही समयमै नेप्से परिसूचक ह्वात्तै बढेको भन्दै सरकारले त्यसलाई निरन्तरता दिन मौद्रिक निती ल्याई कामगर्ने योजना ल्याउन लागेको उनको दाबी छ ।
यसैगरी बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित घर जग्गाको मुआब्जा नपाएका १४ घरधुरी रेल्वे पिडित को समस्या बुझ्न नेता घिमिर उनिहरुको घरदैलोमै पुगेका छन । यसैक्रममा उनले पिडितहरुको समस्या बुझ्दै आफु राजधानी फर्किएपछी समाधानका लागी बिशेश पहलगर्ने प्रतिबद्धता ब्यक्त गरेको रेल्वे पिडित मदन दहालले जानकारी दिए ।