आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको जग्गामा नगरप्रमुखको मिलोमतो नरहेको पुष्टि भएको छ।
बर्दिवास–३ स्थित गौरिडाडामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसँगै जोडिएको सो जग्गा आवासका लागी थप ६ कठ्ठा माग गरेपछी जग्गाको विषयमा स्थानियहरुले विरोध गर्दै विवाद गरेका हुँन।उक्त जग्गा स्थानियहरुले आयोगलाई नदिने र दिनैपरे प्रतिरोधमा उत्रने चेतावनी दिएका छन ।
सो जग्गा आयोगलाई नगरपालिकाले दिनकालागी वडा नम्बर ३ बाट आयोगलाई जग्गा दिने भनि सिफारिस गरी कार्यपालिकाको बैठकबाट अनुमोदन गरेपछी मात्रै प्रक्रियामा आउने बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए ।
उनले भने जिल्ला प्रसाशन कार्यालयको स्वामित्वमा रहेको सो सरकारी जग्गाको हकदार समेत स्थानिय सरकार हुन्छ, त्यसैले वडा नं.३ को सिफारिस बेगर जग्गादिने कुनैपनी प्रक्रिया अघि बढन सक्दैन ।
अख्तियारलाई जग्गा दिने बिषयमा मैले कुनैपनी कदम चालेको भए पुष्टिगर्न चुनौती दिन्छु । अहिले बिभिन्न किसिमको गलत हल्ला (अफवाह) फैलाएर राजनितिक रुपमै मलाई बदनाम गराउने फोहोरी खेल बर्दिवास नगरपालिका भित्र भईरहेको छ ।यसबाट मेरो गम्भिर ध्यानाआकर्षण भएको छ ।
नगर प्रमुखले नगरभित्रका सबै नागरिकको जनभावनाको कदर गर्दै सिफारिस समितिको बैठकमा गएर आयोगले माग गरेको उक्त जग्गा स्थानीय सरकारको सहमति रहनेमा ऐक्यवद्वता जनाएको कुरा झुठको खेती गरेर राजनितिक रंग दिन खोजेको उल्लेख गरे ।