आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका भित्रका नागरिकलाई अब सर्पले टोकेमा नगरपालिकाले निशुल्क उपचार गरीदिने भएको छ ।
बर्दिवास ३ स्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आउने बर्दिवासका स्थानिय बिरामीको उपचारमा लाग्ने सम्पुर्ण खर्च नगरपालिकाले तिरीदिने भएपछी सर्पले टोकेका बर्दिवासका स्थानिय नागरिकको नि–शुल्क उपचार हुने भएको हो ।
सर्पदंश उपचार केन्द्रमा बिहिवार आयोजित सेवा बिस्तार सम्बन्धि छलफल कार्यक्रममा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नि–शुल्क उपचारको घोषणा गरेको उनका स्वकिय सचिब बिनोद ढुङ्गेलले जानकारी दिए ।
यसका साथै उपचार केन्द्रका लागि आवश्यक रहेको दुई कोठे पक्कि भवन समेत यसै आर्थिक वर्षमा सम्पन्न हुनेगरी नगरपालिकाले बजेट बिनियोजन गरेर निर्माण सम्पन्न गर्ने नगर प्रमुखले प्रतिबद्धता समेत ब्यक्त गरे । उनले केन्द्रलाई आवश्यक पर्ने सबै किसिमका सहयोग गर्न नगरपालिका सधै अग्रसर रहने समेत उल्लेख गरे ।
कार्यक्रममा नगर प्रमुख प्रल्लाद कुमार क्षेत्रीकी धर्मपत्नी मञ्जु क्षेत्रीले उपचार केन्द्रलाई रु ११ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरी केन्द्रको आजीवन सदस्य बनेकी छिन ।
यसैगरी केन्द्रका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले नगरले गरेको घोषणाले सम्पूर्ण नगरवासीलाई उपचारमा निकै ठूलो राहत पुग्ने बताएका छन ।
उनले नगरले बनाइदिने दुई कोठे भवनले उपचार केन्द्रमा बिरामीको उपचार गर्न निकै सहज हुने भन्दै नगरप्रमुख लाई धन्यवाद समेत दिएका छन् । छलफल कार्यक्रममा बर्दिवास नगरपालिका ३ का वडा अध्यक्ष बिराट कुमार बिष्ट लागायत बिभिन्न संघ संस्थाका प्रतिनिधि को उपस्थिती रहेको थियो ।