धनुषामा एक महिला आफ्नै घरको कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषामा एक महिला मंगलवार राती आफ्नै घरको कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।
धनुषाको मिथिला नगरपालिका ६ घर भएका २८ वर्षीय धर्मेन्द्र कुमार महतोकी २५ वर्षीय श्रीमती आशा कुमारी महतो आफ्नै घरको कोठाको पंखामा सलले पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। आशाको श्रीमान धर्मेन्द्रको अर्काे महिलासंग समेत प्रेम सम्बन्ध रहेको खुलेको छ । सो घटनालाई लिएर आशा र उनको श्रीमान बिच पारीवारीक कलह हुने गरेको र मृतकलाई श्रीमानले बिभिन्न किसिमले शारीरीक तथा मानसिक यातना दिने गरेको आशाको माईती पक्षको दाबी रहेको छ । यातनाकै कारण मृतकले १० महिनाअधि बिष समेत सेबन गरेको आशाका दाजु श्याम सुन्दर सिंहले जनाकारी दिए।

घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको आशङ्का छ” मृतकको शवलाई बुधवार प्रदेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरी दाह संस्कार गरीएको धनुषा प्रहरीले जनाएको छ ।
उनको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले बताएको छ ।