मुख्यमन्त्री सहित नगरप्रमुखले गरे टुटेश्वर मन्दिरको दर्शन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

महोत्तरीको सुदुर उत्तरी नगर बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वरनाथ महादेब मन्दिरमा गतबर्षहरुझै योबर्षपनी आजदेखी बहुचर्चित साउने महाकुम्भ मेला सुरु भएको छ ।

साउन महिनाको प्रत्येक सोमबार श्रदालु भक्तजनहरू टुटेश्वर महादेवको दर्शनको लागि आउने क्रममा यसबर्षको पहिलो सोमवार होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशको आयोजनामा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंह,मधेश प्रदेशकी शिक्षा तथा संस्कृती राज्यमन्त्री शारदादेबी थापा,बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री उनकी धर्मपत्नी मन्जु क्षेत्रीले संयुक्त रुपमा मेलाको अबलोकन गरी मन्दिरमा पुजापाठ गरेका छन ।
मधेश प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित यो देवालय यसबर्षको साउनको पहिलो सोमवारकै दिन भरिभराउ देखिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...