माधब पौडे्ल
बर्दिवास
नेपाली कांग्रेस नगर कार्यसमिति बर्दिवासले आईतबार बिहान वृक्षारोपण गरेको छ।
नेपालकै प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४२ औँ बीपी स्मृति दिवसको अवसरमा महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित मरहा खोलाको नदी उकास जग्गामा बर्दिवास मेडिकल कलेजनिमार्णकालागी कांग्रेसले वृक्षारोपण गरेको हो ।
सो जग्गमा बिभिन्न प्रजातिको तिन हजार बिरुवा लगाइएको छ । वृक्षारोपण पूर्व बीपीको सम्झनामा कार्यक्रम गरी उनको योगदानको विषयमा चर्चा गरिएको थियो । त्यसका साथै बीपीको आदर्श, राजनीति र दूरदर्शी सोच अहिलेको पुस्ताका लागि अनुकरणीय रहेको र बीपी कोइरालाले प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिका, मुलुकको विकासका लागि प्रतिपादन गरेको समाजवादको बिषयमा समेत चर्चा गरीएको थियो ।
मेडिकल कलेज पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रूखका कारण पर्यावरणमा पर्नसक्ने प्रतिकूल असर रोक्न नेपाली कांग्रेस वृक्षा रोपण गरेको बर्दिवास नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस महासमिती सदस्य प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीले भने, ’अहिले अदालतले यसै आशयको आदेशसमेत गरेको छ, हामी सो आदेशको पूर्ण पालना गरेर अघि बढ्दैछौँ।’
कानुनी बाधा अर्चन फुकाउन तथा यथाशिघ्र कलेजको निर्माण कार्य थाल्न नगरपालिकाको आयोजनामा बर्दिवास वडा नम्बर ५ स्थित मरहा खोलाको १२.२९ हेक्टर नदी उकास जग्गामा १९ हजार ६ सय ७० वटा बिरुवा रोपणकार्यको सुरुवात गरिएको प्रमुख क्षेत्रीको भनाई रहेको छ ।
कलेज निर्माणकार्य रोक्न भन्दै २०७८ माघ महिनामा दर्ता भएको रिटलाई सर्वोच्च अदालतले गत २०८० जेठ २९ गते खारेज गरेको हो। रिट खारेज गर्दै अदालतले प्रस्तावित जग्गामा भएका १ हजार ९ सय ६७ रूख कटान गर्नुअघि बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले काटिने भन्दा दशप्रतिशत सङ्ख्या बढी रूखका बिरुवा रोप्न तथा रोपिएका बिरुवाको संरक्षण गर्ने र त्यसको वन तथा वातावरण मन्त्रालयबाट नियमित अनुगमनको सुनिश्चितता गर्न स्पष्ट निर्देश गरेको थियो ।
कलेज आयोजनाको काम अघि बढाउन अब जग्गा भोगाधिकारको प्रक्रिया टुङ्गिसकेकोले जग्गाको भोगाधिकारसम्बन्धी फाइल वन तथा वातावरण मन्त्रालयबाट टुङ्गिएर विस्तृत परियोजना प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएपछि काम अघि बढ्ने बाटो खुल्ने नगरपालिकाले जनाएको छ । एक हजार शैयाको अस्पतालसहित कलेजको पूर्वाधार निर्माण गर्न २८ अर्ब ५४ करोड बजेट चाहिने आयोजना प्रस्तावमा उल्लेख छ।
बर्दिवास–४ माईस्थानको अटाबे खोल्सी पूर्व र भब्सीखोला पश्चिमको ५४. ५८४ हेक्टर क्षेत्रफलभित्र कलेज निर्माणका लागि प्रस्ताव गरिएको वन क्षेत्रको जग्गामा सानाठूला गरी हाल एक हजार नौ सय ६७ रूख छन्। निर्माण गरिने संरचना धेरैजसो भब्सी नदी उकास क्षेत्रमा पारिने हुँदा प्रस्तावित क्षेत्रमा रहेका रूख पनि सबै नकाटिने आयोजना निर्देशक देबीप्रसाद सुवेदीले बताए।
’
प्रस्तावित क्षेत्रमा साना–ठूला गरी एक हजार नौ सय ६७ रूख गणना भएको छ, त्यसमा पनि आधाभन्दा कम रूख काटिने गरी काम गरिने स्पष्ट पारिएको छ’, सुवेदीले भने।
यसैगरी मेडिकल कलेज निर्माणकालागी नेकपा माओबादी केन्द्र बर्दिवास नगर कामिटिले स्व.ं नरबहादुर कर्माचार्यको स्मृती दिवसको अवसरमा बुधवार ५ हजार बिभिन्न प्रजातीको बिरुवा राप्ने माओबादी केन्द्र बर्दिवास नगर कमिटिले जनाएको छ ।