बिगतको सरकारले गराएको नापिले कानुनी मान्यता नपाएकोले नागरिकले ठुलो समस्या झेल्दै आएका छन : प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले संघिय सरकारले कानुन नबनाईदिएकै कारण नगरभित्रका ऐलानी र अब्यवस्थित बसोवासीकालागी लालपुर्जा बितरणगर्न समस्या भईरहेको बताएका छन । महोत्तरीको बर्दिवास नगरपालिका ४ स्थित शुक्रवार वडाकार्यालय भबन उद्घाटन गर्ने क्रममा उनले सोकुरा बताएका हुन। उनले भुमिहिन,अब्यवस्थित बसोवासीकालागी बनेको कानुनी प्राबधानमा जटिलता रहेको भन्दै संघिय सरकारले त्यसलाई संबिधानमै ब्यवस्थागरी कानुनीबाधा फुकाईदिन बिगतका प्रधानमन्त्री प्रचन्डलाई आफुहरुले ज्ञापनपत्र बुझाईसकेको उल्लेख गरे । संघिय सरकारले कानुन बनाईदिएको खण्डमा लालपुर्जा बितरणको जिम्मेवारी स्थानिय सरकारको रहेको हुँदा लालपुर्जा बितरणमा सहजता आई शिघ्र बितरण गर्न सकिने क्षेत्रीकोे भनाई छ । नगरप्रमुखले भने हाल मालपोत र नापिकार्यालय स्थानिय सरकारको मातहतमै चलिरहेको छ, तर देशमा तिन तहको सरकार छ । माथिल्लो तहको सरकारले कानुन बनाएर तल्लो तहको सरकारलाई सबै अधिकार दिईसकेको छैन ।
त्यसैले जनताको काम सिधै गर्न केही कानुनी जटिलता अझैपनी छन । हामी प्रयास गरीरहेका छौ ।
चाडैनै यो जटिलता हटेर जानेछ भन्ने मैले बिश्वास लिएको छु । हिजोको स्थानिय सरकारले लालपुर्जा बितरण गर्छु, भनेर गरेको जग्गानापिमा भएको कानुनी त्रुटिलाई म सम्झन चाहन्छु र त्यसबाट पाठपनी सिकेको छु।
म फेरीपनी त्यो गल्ती दोहर्याउदिन । बर्दिवास नगरपालिकाभित्र बिगतको सरकारले गराएको नापिले कानुनी मान्यता नपाएकोले नागरिकले ठुलो समस्या झेल्दै आएका छन । यो समस्यालाई नजरन्दाजगर्दै ऐलानी र अब्यवस्थित जग्गामा रहेको बिवादित जग्गाको पुनह नापिगराउँदै बिवाद नभएका जग्गामा सरकारी मापदण्ड पुगेको खण्डमा पुरानै सरकारले गराएको नापिलाई पनी मान्यता दिन सकिने भएमा लालपुर्जाकालागी निश्शा बितरण गरीने उनको भनाई छ । एक फरक प्रसङ्गमा क्षेत्रीले हाल नगरपालिका भित्रका सबै वडाको आफ्नै प्रसाशकिय भबन बनाउने लक्षय नगरपालिकाले लिएको हुनाले नगरको १४ वटै वडाको आफ्नै प्रसाशकिय भबन क्रमश.ं निर्माण हुँदै जाने उल्लेख गरे । नगरपालिकाको दुई आर्थिक बर्षको रु. ५२ लाख बजेटबाट निर्माण कार्य सम्पन्न भएको भवनमा शौचालय, सभाहल सहित चारवटा कोठा रहेको वडा नम्बर ४ का अध्यक्ष अक्कल बहादुर तामाङ्गले जानकारी दिए । २०७९साल चैत ९ गत्ते देखि उपभोक्ता समितीको मतहतमा निर्माणकार्य शुरु गरेर हाल सम्पन्न भएको वडा कार्यालय भबन निर्माणकालागि सोही वडा निवासी भेषबहादुर थापा ,शिब थापा, ज्ञानबहादुर थापा,गणेश बहादुर थापाले २ कठ्ठाजग्गा दान गरेका थिए ।
कार्यालय भबन उद्घाटन कार्यक्रममा वडाका जनप्रतिनिधि,समाजसेबी, राजनितिक दलका प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो