निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १२ का एकजना मुसहर समुदायकी महिलाको मृत्यु पश्चात उनको परिवारले सोमवार १ लाख रुपैयाँको जिवन बिमा बापतको रकम भुक्तानी पाएका छन्।
बर्दिवास नगरपालिकाले गत बैशाख २१ गते वडा नम्बर १२ का १८ बर्षदेखी ५९ बर्ष उमेर समुहका २ सय ८ जना मुसहर जातका पुरुष,महिलाको ३ बर्षे सामुहिक लघु जीवनबिमा गराईदिएपछी मृतक ६४ बर्षिय रामरतीदेबी सदाको परीवारले लिबरटी लाईफ इन्स्योरेन्स कम्पनी बर्दिवास शाखा बाट १ लाख रुपैयाँको मृतक बिमा भुक्तान पाएको नगपालिकाका प्रबक्ता तथा वडा नम्बर १४का अध्यक्ष बिजयकुमार महतोले जानकारी दिए ।
स्व.सदाको रकम भुक्तानी गर्न बर्दिवास नगरपालिकाका उप प्रमुख तारादेबी महतो नगर प्रबक्ता बिजय कुमार महतो लिबरटी लाईफ इन्स्योरेन्स कम्पनी बर्दिवासका प्रबन्धक रबिन्द्र कुमार मिश्र वडा नम्बर १२ बिजलपुरा पुगेर मृतकका श्रीमान परिक्षण सदालाई चेक हस्तान्तरण गरेका हुँन । बिमा भुक्तान कार्यक्रमलाई
सम्बोधन गर्दे उप प्रमुख तारादेबी महतोले छोटो समयमा नै आवश्यक कागजात पेश गरेपछि यथाशिघ्र रकम फर्छौट गरेको यो
बिमा कम्पनीले बिमा दावी सहज र शिघ्र तरिकाले भुक्तानी गरेकोमा ब्यवस्थापनलाई धन्यवाद दिईन ।
यसैगरी बिमित मृतक सदाका श्रीमान परिक्षण सदाले नगरपालिकाले गराईदिएका जिवन बिमाले बिपन्न नागरिकलाई मृत्यु अघि बिरामी उपचारमा लाग्ने खर्च र मृत्यु पश्चात संस्काको काजक्रियाले सधै ऋणको बोझ बोक्नु पर्ने बाध्यताको अन्त्य गर्दै ऋणीको घाउमा ठुलो मलम लगाएको जनाए ।
रामरती सदाकोे उपचारको क्रममा गत असार २ गते मृत्यु भएको थियो ।