निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री तथा उनकी धर्मपत्नी मन्जु क्षेत्रीले आफ्नो २५ औ बैवाहिक बर्षगाँठको अबसरमा आईतवार रेडक्रसलाई आर्थिक सहयोग गरेर बर्दिवासकै समाजिक क्षेत्रमा उदाहरणिय काम गरेका छन।
नगरप्रमुख क्षेत्रीले उनि निर्वाचित भएयता आफ्नो २ बर्षे कार्यकाल भित्र बर्दिवास नगरपालिकाबाट पाएको तलब भत्ता बापतको रकम श्रीमान ,श्रीमतीले संयुक्त रुपमा नेपाल रेडक्रस सोसाईटी उपशाखा बर्दिवासका अध्यक्ष रेबन्त कार्की (सुदिप)लाई हस्तान्तरण गरेको बर्दिवास नगरपालिकाले जनाएको छ ।
बिरामी तथा बिभिन्न किसिमका दुर्घटनामा परेकाहरुलाई रगतको अभाब हुन नदिन संघ संस्थाको आयोजनामा गराईएको रक्तदानबाट संकलन गरीएको रगत भ्यानकै कारण समयमै रक्त सञ्चारकेन्द्र बर्दिवासमा नपुग्नाले रगत बिग्रन सक्ने समस्या झेल्दै आएको केन्द्रलाई यो समस्याबाट मुक्त गराउन र रगतकै अभाबमा कसैले पनी अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले आफ्नो बैवाहिक उत्सवको अवसरमा नगरपालिकाबाट आर्थिक बर्ष २०७९÷८० र ८०÷८१ को तलबभक्ता बापतको रकमबाट ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँको चेक रेक्रसलाई रगत संकलन भ्यान खरीदकालागी प्रदान गरिएको बर्दिवास नगरपालिकाका प्रबक्ता बिजयकुमार महतोले जानकारी दिए ।
चेक बापतको रकम बुझ्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा बर्दिवासका अध्यक्ष रेबन्त कार्की (सुदिप) ले क्षेत्री दम्पतीबाट पाएको रकमले रगत संकलन भ्यान खरीदमा ठुलो टेवा पुग्ने भन्दै अब चाँडैनै रेडक्रसले म्यान खरीदगरी बिभिन्न ठाउँमा संकलन गरीएको रगत केन्द्रमा छिटो पु¥याई सेवालाई प्रभाबकारी बनाउने बाँचा सहित नगरप्रमुखको जोडीलाई धन्यवाद दिदै बैवाहिक बर्ष गाँठको शुभकामना ब्यक्त गरेका छन।
बैवाहिक बर्ष गाँठ कार्यक्रममा बिभिन्न राजनितीक,दल संघ संस्थाका प्रतिनिधि,बर्दिवास नगरपालिकाका जनप्रतिनिधि ,कर्मचारी, नगरिक समाज, सञ्चारकर्मी लगायको उपस्थिती रहेको थियो