आज्ञा खबर
सर्लाही
सर्लाहीमा ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको बरहथवा नगरपालिका
१२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्वरको ट्रेक्टर पल्टिएर स्थानिय पुरैनिया गाउँका ३० बर्षिय चालक सुरेश रायको घटना स्थलमै मृत्यु भएको हो ।
मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।