रम्तेल डाँडा सामुदायिक बनका तत्कालीन अध्यक्ष सहित ६ जना दोषी ठहर

[sharethis-inline-buttons]

महोत्तरीको बर्दिवास स्थित रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, सहायक बन अधिकृत लक्ष्मणप्रसाद यादव, र नापी कार्यालय बर्दिवासका अमिन रामदरेस राउतलाई विशेष अदालत काठमाडौँले सरकारी सम्पत्ति हानी नोक्सानी पु¥याए बापत दोषी ठहर गर्दै २ बर्ष ९ महिना कैद सहित जनही थप १ लाख ९९ हजार ४ सय ५० रुपैयाँ बिगो असुली गर्न आदेश दिएको छ ।
उनिहरु तिनै जनालाई भ्राष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ को च बमोजिम २ बर्ष ६ महिना कैद सहित सरकारी सम्पत्ति हानी नोक्सानी पु¥याए बापत दफा १९ बमोजिम समेत थप ३ महिना कैद सजाय सुनाउदै
२ बर्ष ९ महिना कैद सजाय तोकेर मंगलवार फैसला सुनाएको हो ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरीको बर्दिवास १ बस्ने कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका सन्दीप नेपालीलाई समेत सोही कसुरमा दोषी ठहर गर्दै भ्राष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ को च बमोजिम २ बर्ष ६ महिना कैद सहित जनही थप १ लाख ९९ हजार ४ सय ५० रुपैयाँ बिगो असुली गर्न फैसला सुनाएको बर्दिवास नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिबक्ता टिकाध्वज खड्काले जानकारी दिए।
विशेषले वन फडानी गर्दै भ्रष्टाचार गर्ने कार्यमा ६ जनाको मात्र संलग्नता देखिएकोले अन्य १८ जनालाई यस अघिनै सफाइ दिईसकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उक्त अभियोगमा साह सहित डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, रम्तेल सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर सदस्यहरू उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ्ग, महोत्तरी, बर्दिबास नगरपालिका–१ बस्ने जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि अख्तियारले ११ लाख ९६ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गरेको थियो ।
यसैगरी सव–डिभिजन वन कार्यालय बर्दिवास महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेश कुमार यादव, नारायण ढुङ्गेल र दिलीप महतोविरुद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको थियो ।
अदालतले नापी कार्यालय बर्दिबासका तत्कालीन अमिन राम दरेश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चूडामणि पोखरेल उपर समेत बिगो माग दाबी गरेको थियो ।
उनीहरुले ११ लाख ९६ हजार ६ सय ९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी गरेको अख्तियारको आरोप रहेको थियो ।