आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ७ को वडाकार्यालय भवन शिल्यान्यास भएको छ ।
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा सोमबार भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्दै प्रमुख क्षेत्रीले नगरबासीलाई स्थानीय सरकारको प्रत्यक्ष अनुभुति दिलाएर सहज तरिकाले सेवा पाउने गरी पहिलेकै स्थानमा भबन निर्माणको काम थालिएको बताए । उनले भवन निर्माणको काम समयमै सक्न पनि निर्देशन दिएका छन् ।
नगरपालिकाको रु. १५ लाख बजेटबाट निर्माण कार्य सम्पन्न हुने भवनमा शौचालय र चारवटा कोठा रहने वडा नम्बर ७ का अध्यक्ष रामस्वगारथ यादब (भोरील) ले बताए । श्रावणको मसान्त भित्र निर्माणकार्य सम्पन्न हुनेगरी काम शुरु गरीएको वडा कार्यालय भबनको शिल्यान्यास कार्यक्रममा नगरपालिका बिभिन्न जनप्रतिनिधि,समाजसेबी, राजनितिक दलका प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो