स्थानिय उत्पादनलाई प्रवर्धन गर्दै पर्यटकिय क्षेत्रको बिकास गर्नुपर्नेमा राज्य मन्त्री थापाको जोड

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशकी शिक्षा तथा संस्कृती राज्यमन्त्री शारदादेबी थापाले स्थानिय उत्पादनलाई प्रवर्धन गर्दै टुटेश्वरका नागरिकलाई सबृद्ध बनाई पर्यटकिय क्षेत्रको बिकास गर्नुपर्नेमा जोड दिएकी छिन ।
महोत्तरीको बर्दिवास नगरपालिका ५ स्थित प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक स्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेब मन्दिरको बिकासमा हाम्रो योगदान बिषयक अन्तरक्रिया कार्यक्रमलाई आईतवार सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुँन । उनले टुटेश्वरनाथ महादेब मन्दिरको बिकासमा स्थानिय नागरिकको प्रयास र पहलमा कमी आएको अनुभुति गर्दै मन्दिरको बिकासकालागी स्थानिय स्यमं पनी जागरुक बन्नुपर्नेमा जोड दिईन । राज्यमन्त्री थापाले श्रावण महिनाको हरेक सोमवार मन्दिर परिसरमा स्वदेश तथा बिदेशबाट आउने लाखौ दशनार्थीको घुईचो हुने भएकोले उनिहरुको सुरक्षा र अन्य ब्यवस्थापनकालागी मन्दिरका संचालक समिती सुरक्षा निकायका अधिकारी र स्थानिय सरकार सबै मिलेर ठोस योजना सहित कार्यान्वयनमा जानुपर्ने आवश्यता औल्याईन ।

अन्तरक्रिया कार्यक्रमका बिशिष्ट अतिथि बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिका भित्रका पर्यटकिय स्थलको सम्भाब्यता अध्यन र बिकासकालागी नगरपालिकाले गठन गरेको संस्कृती पर्यटन प्रबद्धन समितीसंग सहकार्य गर्दै अघि बढ्ने बताए ।
उनले नगरभित्रका पर्यटकिय क्षेत्रको बिकाश गर्न स्थानिय सरकारको बजेट अपुग भएमा प्रदेश र संघमा पहल गरेर बजेट ल्याई योजना सफल गराईने जनाए ।
अघिल्लो पाँच बर्ष र अहिलेको दुई बर्षको नगरको बिकासको गतिलाई नागरिकले मुल्याङ्कन गरेको भन्दै क्षेत्रीले हरेक बर्ष संघिय सरकारले बजेट घटाउदै लग्नाले नागरिकको अपेक्षा अनुसारको कामगर्न नगरपालिको आन्तरीक राजस्व बृद्धि गनुपर्ने आवश्यकता औल्याए । नगरप्रमुखले राजस्व बृद्धिकालागी फन पार्क, बस पार्क, सपिङ्ग महल जस्ता योजना ल्याएकोले ति पुर्वाधार निर्माण कार्य सम्पन्न गर्न सके नगरको आन्तरीक राजस्व बृद्धिमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।
क्षेत्रीले टुटेश्वर मन्दिरलाई खयरमाराको बोटोसंग जोडदै तिर्थालु भक्तजनलाई आवतजावतमा सहजिकरण गरी खयरमाराको ब्यवसायलाई समेत टेवा पुग्ने किसिमको योजना ल्याईने जनाए।
मधेशकै आकर्षणको केन्द्रविन्दु बन्दै गएको महोत्तरीमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिर पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ७ किमी उत्तरतर्फ बर्दिवास नगरपालिका– ५ मा पर्ने पौराणिक एवम् धार्मिक आस्था बोकेको मन्दिर पर्यटकहरूको केन्द्र बनेको छ । साउन महिनाको प्रत्येक सोमबारका दिन लाखौ दर्शनार्थीहरू यस मन्दिरमा जल चढाउनका लागि आउने गर्छन् ।

प्रदेशकै प्रसिद्ध धार्मिकस्थलहरु मध्ये आफ्नो एक अलग परिचय बनाउन सफल यो मन्दिरमा मनोकामना पूरा भएपछि श्रद्धालु भक्तजनहरु काँवर लिएर आउने लड्डु चढाउने सुन–चाँदी दान गर्ने र मन्दिर परिसरमा भौतिक संरचना बनाइदिनेजस्ता भाकल गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
मधेशको यो धार्मिक स्थल जस्ले टुटेका मन जोड्ने सामाजिक सद्भाव र भावनाको केन्द्रको रूपमा परिचित यसलाई पर्यटन केन्द्रको रूपमा विकास गरेर घुमौ मधेश बुझौ मधेशको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिन्छन नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघका अध्यक्ष हिरालाल गौतम
मरहा नदी र खहरे खोलाको शिखरमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थलमा साउनको प्रत्येक सोमबार बाहेक हरितालिका तीज, एकादशी, शिवरात्रिका दिन लाग्ने मेलामा स्वदेश लगायत सीमावर्ती भारतीय शहरबाट बर्सेनि लाखौ श्रद्धालु भक्तजन आउने गर्छन् ।