वन समुहमा आधारित लैगिंक समानता तथा वातावरणिय सुरक्षा सम्वन्धि गोष्ठि सम्पन्न

[sharethis-inline-buttons]

माधब पौडेल
बर्दिवास
सवैका लागी, सधैका लागी वन भन्ने मुल उद्देश्य सहित समृद्धिका लागी वन परीयोजना अन्तरगत समुदायमा आधारीत निजी तथा सार्वजनिक वन समुहमा आधारित ल्रैगिंक समानता तथा वातावरणिय सुरक्षा सम्वन्धि वर्दिवास नगरपालिकाको आयोजनामा एक दिने गोष्ठि सम्पन्न भएको छ । बर्दिवास नगरपालिकाको बन परीयोजनाका श्रोत ब्यत्ति तथा अधिकृत मुरारी प्रसाद तिमल्सीनाको अध्यक्षता तथा नगरपालिका शिक्षा शाखाका उप सचिव रेवति प्रसाद पराजुलिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
गोष्ठिमा नगर क्षेत्र भित्रका जनप्रतिनिधि, साझेदारी वनका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि तथा वन संग सम्वन्धित प्रतिनिधिलगायत करीव ५५ जनाको सहभागितामा भएको कार्यक्रमको संचालन विनोद ढुंगेलले गरेका थिए ।