निकिता खनाल
बर्दिवास
कृषकलाई प्रविधिमैत्री बनाउन बर्दिवास नगरपालिकाले घाँस काट्ने च्याफकटर मेशिन वितरण गरेको छ ।
बिहिवार नगरपालिकाको वडा नम्बर १४ मा आयोजित घाँस काट्ने च्याफकटर वितरण कार्यक्रममा नगरपालिका भित्रका २८ जना कृषकलाई नगर प्रबक्ता तथा वडा नम्बर १४ का अध्यक्ष बिजय कुमार महतोले सो कटर वितरण गरेका हुँन ।
परम्परागत घाँस काट्ने प्रबृतिलाई छोडेर आधुनिक तवरबाट पशुपालन प्रणालीलाई अगाडि बढाउँदै उत्पादनलाई वृद्धि गर्न र कृषिमा जनशक्ति घटाउने उद्देश्यले किसानलाई नगरपालिकाको ६० प्रतिशत अनुदानमा च्याफकटर वितरण गरिएको पबक्ता महतोले बताए।
च्याफकटरको सहयोगले छिटोछरितो र सहजरूपमा घाँस काट्नेकाम हुने भएकाले पनि पशुपालनमा सहजता ल्याउन अनुदानमा कटर वितरण गरेका हौँ ।’ उनले भने,
किसानको समस्या नगरपालिकाले राम्रोसँग बुझेको भन्दै किसानहरुको साथमा नगरपालिका रहेको समेत प्रबक्ता महतोले दाबी गरे ।
कुल ३५हजार पाँच सय रुपैयाँ लागतमा खरीद गरीएको च्याफकटर मेशिनमा कृषकको १४ हजार २ सय र बर्दिवास नगरपालिकाको २१ हजार ३ सय लागत रहेको बताईएको छ ।