निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ३ मा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ । बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ३ का महिलालाई सिप सिकाएर सोरोजगार बनाउने उदेश्यले तालिम संचालन गरीएको नगरपालिकाले जनाएको छ ।
तालिम समापनको क्रममा बोल्दै प्रशिक्षक डमर कुमारी प्याकुरेल (कबिता) ले तीन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न प्रशिक्षार्थीलाई आग्रह गरेकी छिन । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने प्याकुरेलको भनाई रहेको छ।
उनले वडाका स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्नु पर्नेमा जोड दिईन ।
प्रशिक्षक प्याकुरेलले नगरपालिकाले आगामी दिनमा थप सिप विकासमा सहयोग गर्ने बिश्वास ब्यक्त गरिन।
सिलाई कटाई तालिमबाट वडा भित्रका दक्ष जनशक्ति उत्पादनगर्न तालिम प्रदान गरीएको बताउदै उनले यो तालिमले महिला दिदी बहिनीहरुलाई स्वरोजगार भएर आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताईन।
बर्दिवास नगरपालिकाको ५ लाख रुपैयाँ बजेटबाट महिलाहरुलाई सिपमुलक नि—शुल्क तालिम दिइएको हो । तालिममा २० जना महिलाहरु सहभागि थिए । २०८० चैत २१ गते देखी २०८१ असार २० गते सम्म सञ्चालन गरिएको तालिमका सहभागि प्रत्येकलाई एक एक थान पोशाक समेत प्रदान गरीएको बताईएको छ ।