आज्ञा खबर
बर्दिवास
सरसफाइ सम्बन्धि जनचेतना फैलाउने उदेश्यले महोत्तरीको बर्दिवासमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
बर्दिवास नगरपालिका भित्रका हरेक घरबाट निस्किने प्लाष्टिक जन्य नकुहिने फोहरलाई ब्यवस्थापनगर्ने उदेश्यले सडक नाटक प्रदर्शन गरीएको हो।
क्रियसन नेपालको ग्रिन सिफ्टनेपाल प्रोजेक्ट अन्तरगत बर्दिवास युवा सञ्जालको आयोजनामा सञ्जालका कलाकारहरुले सरसफाई सम्वन्धि सचेतनामुलक नाटक प्रस्तुत गरेका हुन् । नाटक मार्फत् जथाभावि फोहोर फाल्दा मानव शरिर तथा वातावरणमा पर्ने असर, कुहिने र नकुहिने फोहोरवारे जानकारी ,कुहिने, नकुहिन फोहोरको पुनः प्रयोग तथा र व्यवस्थापनको उचित विधी लगायतको विषयमा नाटक मार्फत जानकारी तथा सचेतना गराईएको युवा सञ्जालका अध्यक्ष सुरेन्द्र साहले जनाकारी दिए ।
स्थानियस्तरमा मानव स्वास्थ्य तथा सरसफाई सम्वन्धि जनचेतना फैलाउन सडकनाटक मार्फत् संदेश प्रवाह गर्दा प्रभावकारी हुने भएकाले सचेतनामुलक नाटक प्रर्दशन गरीएको आयोजकले जनाएको छ।
उक्त नाटकमा बर्दिवास युवा सञ्जालका कलाकारहरु सुरेन्द्र साह,आशा साह,सागर फुयाँल,सुमिना भण्डारी लगायतले
समाज परिवर्तनका लागी नाटकको माध्यमबाट सचेतना फैलाउने अभियानमा आफूहरु लागिपरेको जनाए ।
नाटकमा भागलिने कलाकारहरुले आफ्नो कला संस्कृतीको जगेर्ना गर्दै समाजमा देखिएका विकृती र विसंगती विरुद्ध सचेतना जगाउन निरन्तर लागिरहने उनिहरुको भनाई रहेको छ ।
यसैगरी युवा संजाल कि सदस्य आशा शाहको अगुवाइमा सशस्त्र प्रहरी बल, बर्दिबास युवा संजाल, बिभिन्न संघ सँस्थाका प्रतिनिधि हरू स्थानीय क्लब, क्रिएसनका सदस्यहरूको सहयोगमा बर्दिवास स्थित भब्सीखोला नजिकै छरिएर रहेको २० बोरा भन्दा धेरै प्लास्टिकका फोहोरहरू सङ्कलन गरेर ब्यवस्थापन गरेको युवा सञ्जालका अध्यक्ष सुरेन्द्र साहले बताए ।