आज्ञा खबर
मिर्चैया, सिरहा
सिरहाको मिर्चैयामा सञ्चालित मिर्चैया हेल्थ नर्सिङ्ग क्याम्पसले विद्यार्थीबाट सि. टि. ई. भि. टि. ले तोकेको भन्दा कुनैपनी बहानामा बढी शुल्क नलिएको जनाएको छ ।
मिर्चैया हेल्थ नर्सिङ्ग क्याम्पसका प्रबन्ध निर्देशक विजयकुमार यादवका अनुसार क्याम्पसले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाइएको तथा क्याम्पसको पोल खुल्ने डरले
विद्यार्थीलाई ब्याम्पसले बन्धक नबनाएको भन्दै सञ्चार माध्यममा भ्रामपुर्ण समाचार प्रकाशन प्रसारण भएप्रती आपती जनाएका हुँन।
यादवले आइतबार क्याम्पस परिसरमा पत्रकार सम्मेलन गरी
केहि शिक्षा बिरोधि तत्वले क्याम्पसलाई बदनाम गर्ने नियतिले भ्रामक समाचार प्रकाशन प्रसारण गरेको दाबी गर्दै त्यसता तथ्यहिन समाचारको पछी नलाग्न समेत सबैमा अनुरोध गरेका हँुन।
प्रयोगात्मक अभ्यासका नाम विद्यार्थीबाट अतिरिक्त २० हजार रुपियाँ असुलेको कुरा गलत भएको भने । उनका अनुसार १३ जना विद्यार्थीले धरौटी वापतको रकम बुझाउन बाँकी रहेकाले सो रकम माग गर्दा त्यसैलाई गलत अर्थ लगाएर प्रचारप्रसार गरिएको छ ।
सिटीइभिटीले निर्धारण गरेको शुल्कबाहेक विद्यार्थीबाट अन्य कुनै शुल्क नलिएको स्पष्ट गर्दै प्रबन्ध निर्देशक यादवले भने, “सिटीइभिटीले पुरा कोर्सका लागि चार लाख ७५ हजार रुपियाँ निर्धारण गरेको छ । सो रकम पनि प्रावधानअनुसार लिने गरिएको छ । पहिलो बर्ष ४० प्रतिशत, दोश्रो बर्ष ३० र तेश्रो बर्ष ३० प्रतिशत शुल्क लिनुपर्ने सिटीइभिटीको प्रावधानमा छ ।” कसैसँग बढी रकम नलिएको उनले बताए ।
उनले विद्यार्थीलाई डरधम्की तथा बन्धक बनाइएको खबर पनि गलत भएको जिकिर गरे । उनले शनिबार साँझ र आइबार बिहान इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख पञ्चकुमार बाकुले क्याम्पसको निरीक्षण गरेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमख पञ्चकुमारले विद्यार्थी सहज अवस्थामा रहेको प्रतिक्रिया दिए । क्याम्पसका प्रतिनिधि र विद्यार्थीसँग कुराकानी गरेको बताउँदै उनले खबर सुनेजस्तो अवस्था नरहेको भने ।
एउटै कोठामा ६÷६ जना राख्ने गरेका तथा होस्टलमा बस्न बाध्य पार्ने गरिएको लगायतका प्रश्न पत्रकार सम्मेलनमा पत्रकारले उठाएका थिए । पत्रकारहरुको प्रश्नको जवाफमा प्रबन्धक निर्देशक यादवले कसैलाई पनि होस्टमा बस्न बाध्य नपारिएको र मापदण्ड तथा कोठाको क्षेत्रफल अनुसार विद्यार्थीका लागि अवासको व्यवस्था मिलाइएको दाबी गरे ।
उनले होस्टलमै बस्नुपर्ने बाध्यता नगरिएको बताउँदै उनले भने,“ यहाँ जति पनि विद्यार्थी छन् आफ्नो इच्छाले बसेको छन् । इच्छा नहुने बाहिर कोठा लिएर बसेका छन् । अहिले पनि १२–१३ जना विद्यार्थी बाहिर कोठा लिएर बसिरहेका छन् ।” अभिभावको अनुरोध तथा सुरक्षाको दृष्टीकोणले अभिभावक र विद्यार्थी सहमतिमा होस्टलमा राखिएको उनले भने ।