आज्ञा खबर
बर्दिवास
मधेस प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंहले मधेसलाई पर्यटन क्षेत्रमा विकाश गरेर समृद्ध बनाईने बताएका छन ।
धनुषाको लालगढ स्थित गौतम होटलमा बिहिवार नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । उनले मधेसमा कृषि, स्वास्थ्य, प्राकृतिक , धार्मिक तथा साँस्कृतिक पर्यटनको विकासका लागि बिशेष योजना बनाएर अघि बढाईएको जनाए ।
मधेसमा रहेको ८ वटा जिल्लालाई चार वटा भागमा बर्गिकरण गरेर विकास गर्न मधेश सरकारले नीति तथा कार्यक्रम, ल्याएको जनाउदै सिंहले यहाँ रहेका दुई वटा राष्ट्रिय वन्यजन्तु आरक्ष केन्द्रलाई सदुपयोग गरेर बिकाश गरी त्यसलाई पर्यटनको मुख्य गन्तब्यको रुपमा परिचित गराउन प्रयत्नसिल रहेको उल्लेख गरे ।
मुख्य मन्त्री सिंहले नीजि क्षेत्रसंग सहकार्य गरेर मधेसको पर्यटन क्षेत्रलाई विकास गर्नु पर्नेमा जोड दिदै पर्यटकलाई आर्कषणको केन्द्र बनाउन मधेसमा भौतिक संरचना का साथै अन्य सेवा सुविधाको प्रबन्ध गर्नुपर्ने आवश्यकता औल्याए । नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा गरीएको सम्मान कार्यक्रममा मधेश प्रदेशकी शिक्षा तथा सस्कृती राज्य मन्त्री शारदादेबी थापा मिथिला नगरपालिकाकी उप मेयर सुनिता बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।





































