बर्दिवास स्थित पञ्चधुरा आधारभुत बिद्यालयमा पुरुष, महिला अपाङ्ग मैत्री शौचालय निर्माण सुरु

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १ स्थित पञ्चधुरा आधारभुत बिद्यालयमा पुरुष, महिला अपाङ्ग मैत्री शौचालय निर्माणकार्य सुरु भएको छ।
बिद्यालयमा अध्यन गर्ने अपाङ्गता भएका बिद्यार्थी तथा उध्यापन गराउने शिक्षक, शिक्षिकाले कठिनाइ भोग्नु नपरोस भन्ने उदेश्यले रोटरी क्लब अफ धुलिखेलको ९ लाख आर्थिक सहयोगमा रोटरी क्लब अफ बर्दिवासले संयोजनगरेर शौचालयको निर्माण सुरु गरेको हो।


मधेश प्रदेशका शिक्षा तथा संस्कृती राज्य मन्त्री शारदादेबी थापा तथा बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले बिहिवार संयुक्त रुपमा शौचालयको शिल्यान्यास गरेका हुँन ।
अपाङ्ता भएका पुरुष तथा महिला बस्न मिल्ने गरी विशेष सुविधा भएको ३ वटा शौचालय एउटा नुहाउने कोठा निर्माणको काम यही साउनको पहिलो साता सम्पन्न हुँने रोटरी क्लब अफ बर्दिवासका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार बिद्यालयमा शौचालयको निर्माणकार्य सम्पन्न भएपछी कम्मर भन्दा तलको भाग नचल्ने ,हुइल चेयर र बैशाखीको सहारामा एक ठाउँबाट अर्को ठाउँ सम्म आबत जाबतगर्ने बाल बालिका र शिक्षक,शिक्षिका लाई समेत दिशा पिसाव गर्न सहज हुने भएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...