सर्लाहीमा चट्याङ लागेर दुई घरमा क्षति

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीमा आज बिहान चट्याङ पर्दा दुईवटा घरमा क्षति पुगेको छ । बिहान सबेरै जिल्लाको उत्तरी भेग
ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा बिहान भएको अबिरल वर्षासँगै परेको चट्याङले स्थानीय हीराबहादुर थामी र अशोककुमार बोम्जनको घरमा क्षति पुर्याएको हो । चट्याङ पर्दा धामीको घरको पक्कि पर्खाल क्षतीग्रस्त भईफुटेको छ, भने एउटा टेलिभिजन र वाइरिङमा समेत क्षति गरेको ईश्वरपुर नगरपालिका १३ का वडाध्यक्ष तिलबहादुर तामाङले जानकारी दिए ।

यस्तै बोम्जनको घरको बिद्युतको मिटर र वाइरिङको तारमा चट्याङले क्षति गरेको छ । घरका मानिस बेग्लै कोठामा रहेकाले मानवीय क्षति भने हुन नपाएको वडाध्यक्ष तामाङको भनाई छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...