निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका स्थित मुख्य बजार क्षेत्रभित्र पर्ने वडा नम्बर १ र १४ को फुटपाथमा राखिएका पसल तथा अब्यवस्थित सबारीका साधन पाकिङ्ग हटाउने अभियानको शुरुवात गरिएको छ।
नगरको राजमार्गसंग जोडिएको मुख्य बजार क्षेत्र तथा भित्री सडक लाई सफा, व्यवस्थित र हराभरा बनाई सडकमा हुन सक्ने सवारी दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्न त्यस क्षेत्रको सडकको दुबै किनारामा राख्ने गरिएको पसल तथा सवारीका साधन हटाउने अभियानको सुरुवात गरिएकोे बर्दिवास बजार ब्यवस्थापन समितीका अध्यक्ष पुन्य प्रसाद गौतमले जानकारी दिए ।
मुख्य बजार वरपरका स्थानको सडकको दुबै किनारमा राख्ने गरीएको फुटपाथ पसल र सवारी साधनले पछिल्लो समयमा सवारी आवागमनमा असहजताका साथै सडक किनारका पसलमा सामान आयात र निर्यात गर्न मात्रै होईन पैदल यात्रुलाई समेत समस्या परेपछि समितीले अभियान थालेको हो।
सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई बर्दिवासको सौन्दर्यतामा कमी आउने, विभिन्न रोगका संक्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले समेत अभियान थालिएको बताइएको छ।
समितीले स्थानीय तह, सुरक्षाकर्मी उद्योग बाणिज्य संघ समाजसेबी पत्रकार लगायतसँग समन्वय गरीे आजकै मितिदेखी एक हप्ता समय भित्र अतिक्रमण भएको स्थानमा तोकेर लगाईएको चिनो बाहिर सम्म खाली गर्न सम्बन्धित ब्यवसायी र सवारी चालकलाई आग्रह गरेको छ । बर्दिवास बजार ब्यवस्थापन समितीको यो आग्रहलाई कसैले पनी अटेर वा उलंघन गरेमा कानुन अनुसारको कारबाही गरीने गौतमको भनाई छ ।