आज्ञा खबर
सर्लाही
सर्लाहीमा आगलागीबाट एउटा घर पुर्णरुपमा जलेर नस्ट भएको छ भने अन्य दुईवटा घरमा आंशिक क्षति पुगेको छ ।
जिल्लाको बागमती नगरपालिका–५, राजघाट नयाँबस्तीमा गएको साँझ भएको आगलागीबाट स्थानीय बलराम विश्वकर्माको फुस र काठले बनेको एक तले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।
आगलागीबाट घरसहित फर्निचरका समान, कपडा, कागजात, अन्नपात सबै जलेर नष्ट हुँदा एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।
आगलागीमा परेर बलरामकी आमा मनमाया विश्वकर्मा र छिमेकी शिवदयाल सहनीको कच्ची घरमा आंशिक क्षति पुगेको छ ।
आगलागीबाट मनमायाको १० हजार रुपियाँ बराबर र शिवदयालको ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको स्थानीयको भनाई छ ।