आज्ञा खबर
रौतहट
रौतहट प्रहरीले श्रीमतीको हथ्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ।रौतहटको राजपुर नगरपालिका वडा नं. ५ मदनी चौक बस्ने मसुद आलम लहेरीले जेठी श्रीमती नजाबुन नेसालाई घरायसी विवादका कारण घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
लहेरीविरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिईन ।





































