बर्दिवासको वडा नं ३ का जनतालाई सर्पले टोकेमा निःशुल्क औषधि गराईने

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ३ गौरीडाँडाका जनतालाई सर्पले टोकेमा वडा कार्यालयले निःशुल्क औषधि सेवा उपलब्ध गराउने भएको छ ।सोमवार बर्दिवास ३ स्थित सर्पदंश उपचार केन्द्रमा बर्दिवास वडा नम्बर ३ को कार्यालयले वडाका १६ हजार जनतालाई निःशुल्क उपचार गराउन उपचारमा लाग्ने १४ प्रकारको औषधि उपचार केन्द्रलाई सहयोग स्वरुप प्रदान गरेको हो ।
उपचारमा लाग्ने करिब ३१ हजार मूल्य बराबरका औषधी वडा अध्यक्ष बिराट कुमार बिष्टले सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटालाई हस्तान्तरण गर्दै यो सहयोग निरन्तर रहने उल्लेख गरे।

बर्दिवासको गौरीडाँडा सर्प बिच्छी, खजुरोको बिगबिगी भएको स्थानको रुपमा परीचित रहेकाले वडा वासिलाई वडा कार्यालयले उपचार खर्च निशुल्क गरेको बिष्टको भनाइ छ ।

उनले औषधिको समय अबधिलाई ध्यानमा राख्दै अहिलेलाई सिमित औषधी मात्र प्रदान गरीएको जनाए। उपचारका क्रममा औषधि सकिएमा वडा कार्यालयले उपचार केन्द्रलाई थप आवश्यक औषधि उपलब्ध गराउँदै जाने बिष्टले प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी केन्द्रका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले आर्थिक वर्ष ०७१÷७२ देखि गएको जेठ महिनासम्म २९ हजार ९८ जना सर्पदंश र ९०३ जना खजुरो तथा बिच्छीले टोकेको गरी ३ हजार १ जनाको उपचार गरी सकेको जानकारी दिए ।