निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका भित्रका युवाहरुको एक समुह बजार सरसफाइ अभियान कालागि सडकमा उत्रिएका छन्।
बर्दिवास बजारलाई सफा, सुन्दर र रमणीय सहर बनाउनका लागि बजार क्षेत्रको सरसफाइ अभियानको सुरुवात गर्दै बर्दिवास युवा सञ्जालका युवाहरु दोश्रो पटक पनी नगरको मुख्य बजारको सरसफईमा अग्रसर भएका हुँन । बर्दिवासको मुख्य बजारलाई धुवाधुलो र प्रदूषणमुक्त सहर बनाउनका लागि सञ्जालका युवाहरु आफैँ कुचो र झाडु बोकेर बजार सरसफाइमा निस्किएका हुन्। उनीहरुसँगै शसस्त्र प्रहरी,नेपाल प्रहरी,स्थानिय समाजसेबी,स्थानिय राजनितिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा,बिद्यालयका बिद्यार्थी ,शिक्षक लगायतका मनिसहरु पनी बजारको औरही चोकमा (आज) शनिवार सरसफाइमा निस्किएका छन।
सके बर्दिवास सफा गरौ, नसके फोहोर पनी नगरौं’ भन्ने मुल नाराका साथ गएको शनिवारदेखी हरेक हप्ता सफा गर्नेगरी अभियानको शुरुवात गरीएको बर्दिवास युवा सञ्जालले जनाएको छ।
बर्दिवासलाई सुन्दर, सफा ग्रिनसिटी र स्मार्टसिटी बनाउने उद्देश्य अनुरूप सरसफाइ अभियानको सुरुवात गरिएको बर्दिवास युवा सञ्जालका अध्यक्ष सुरेन्द्र साहले बताए। साहले भने, ‘आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ सडकमा कुचो र झाडु बोकेर निस्किएका हौ ।
अहिले विभिन्न खालका रोगहरू डेंगु र स्क्रबटाइफसजस्ता महामारी फैलिरहेको अवस्थामा त्यसको समेत नियन्त्रण गर्नका लागि सरसफाइ अभियानको सुरुवात गरिएको हो।’
बजार सरसफाइ अभियान निरन्तर रूपमा जारी रहने साहको भनाइ छ। बजारलाई ग्रिनसिटी निर्माण गर्नका लागि १४ नम्बर वडाले बातावरण दिबसको अबसरमा मुख्य बजारको औरही चोक स्थित सडकको दुबै किनारमा ५ सय थान बिभिन्न जातको बिरुवा रोप्न शुरु गरीएको बर्दिवास नगरपालिका वडानम्बर १४ का अध्यक्ष बिजय कुमार महतोले जानकारी दिए ।