क्याम्पस प्रमुख हत्याको दोषीलाई कारबाही माग गर्दै प्रहरी कार्यालय अगाडि शव राखेर प्रदर्शन

आज्ञा खबर
बारा
बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छ न। जिल्ला प्रहरी रजिल्ला प्रसाशने कार्यालय बाराको गेट अगाडि मृतक कुश्वाहाको शव राखेर बिभिन्न शैक्षिक संघ संगठन एवम् समर्थकहरूले प्रदर्शन गरेका हुँन ।

उनिहरुले दिउँसो २ बजेदेखि प्रदर्शन शुरु गरेका हँुन्।हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउनका लागि शव राखेर प्रदर्शन सुरु गरिएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले जानकारी दिए ।

गाउँको आफ्नै पोखरीमा माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा अज्ञात समूहले हानेको गोलीबाट घाईते भएका क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको थियो ।मृतक कुश्वाहाको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा अहिलेसम्म ५ जना पक्राउ परेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...