आज्ञा खबर
धनुषा
धनुषाको ढल्केवरमा रहेकोे रेयूकाई एईको मासुनागा आँखा अस्पताललेटेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको छ । मधेश प्रदेशमै पहिलो पटक यो अस्पतालले ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरेको हो।
यो प्रविधिको प्रयोगले आँखाको पर्दामा देखिएको समस्या पहिचान गर्न सजिलो हुने र आँखारोग विशेषज्ञसँग प्रत्यक्ष कुराकानी गरेर बिरामीको रोगको उपचार गर्न सकिने अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए ।
आँखाका बिरामीलाई ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालका विशेषज्ञले ढल्केबरमा उपचारकालागी आएका बिरामीलाई अनलाइन’ मार्फत प्रत्यक्ष सेवा दिन सक्ने छन । महासचिव शर्माका अनुसार प्रविधिको माध्यमबाट यहाँ उपचारकालागी आएका बिरामीलाई आँखाको रेटिनामा भएका समस्याहरुको बिषयमा समेत विशेषज्ञसँग परामर्श गराइ उपचार गराउन सकिने भएको छ।
यो पद्तीबाट आँखाको नानी फुलाएर नानीको पछाडिको समस्या पनि प्रत्यक्ष देख्न सकिन्छ। यो प्रबिधिको बिस्तार संगै अब मधेश प्रदेशका नागरिक आँखाको विशेषज्ञ सेवा लिनकै लागि काठमाडौँ जानुपर्दैन । यो प्रविधिको माध्यमबाट ढल्केबरमै आँखारोग विशेषज्ञबाट उपचार सेवा दिन सकिने भएको छ ।
ढल्केवरमा टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































