आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकास्थित रहेको डाम्ही मडै स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भ जाँचसम्बन्धी सामान्य स्वास्थ्य सुविधाबाट वञ्चित स्थानीय महिलाले सेवा पाउने भएका छन् ।
बर्थिङ सेन्टरको शनिवार महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप पाण्डेले उद्घाटन गरेपछी सञ्चालनमा आएको हो ।
सोही क्रममा गाउँपालिका अध्यक्ष पाण्डेले बर्थिङ सेन्टरमा नियमित रुपमा गर्भ परीक्षण, सुत्केरी जाँच र प्रसूति सेवा उपलब्ध हुने बताए। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय गर्भवती महिलाले प्रसूति सेवा लिनका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उनले उल्लेख गरे । अध्यक्ष पाण्डेले असार महिनामा बर्थिङ्ग सेन्टरमा जन्मिने बालबालिका लागि व्यक्तिगत रुपमा ५ हजार १ सय रुपैया दिने समेत घोषणा गरे ।





































