आज्ञा खबर
धनुषा
जनता सामाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यक्षबाहेकका अन्य पदको टुंगो नलागेकोले आफू काठमाडौँ पुगेपछि छिट्टै यसको टुंगो लगाउने बताएका छन । जसपा नेपालको एकताको महाधिवेशन सम्पन्न भएपछि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै
उनले अबको केही दिनमा बाँकी रहेका पदाधिकारी तथा केन्द्रीय सदस्यको टुंगो लगाउनेजनाए।
यादवले महाधिवेशनपछि पार्टीको नेतृत्वको निर्माण, सुदृढ संगठनको निर्माणका लागि प्रकृया अगाडि बढाउँदा झण्डै साढे ३ सय जनाले विभिन्न पदमा उम्मेदवारी दिएको उल्लेख गर्दे अध्यक्ष पदमा आफू निर्विरोध भएको बताए।
यादबले भने ,यो राष्ट्रिय एकताको महाधिवेशन भएकोले एकताको संदेश दिदै समावेशी र सक्षम नेतृत्व बनाउनुपर्छ भन्ने भावना प्रकट भयो। र त्यो भावनालाई सार्थक रुप दिनका लागि हाउसले एक मत भएर अख्तियारी दिने काम ग¥यो। प्रतिनिधिहरुले मलाई समावेशी, राष्ट्रिय चरित्रको, क्रियाशील र सक्षम, योग्यहरुको टिम निर्माणका लागि थप जिम्मेवारी दियो।’
अध्यक्ष यादवले आफूहरुको महाधिवेशन पूर्ण रुपमा सफल भएको बताए। पार्टीमा सबै एकजुट रहेको र जनताको व्यापक समर्थन रहेको बताए।