आज्ञा खबर
पर्सा
सशस्त्र प्रहरीले पर्साको वीरगन्ज महानगरपालिकाको अवैध गोदाममा मंगलबार राति छापा मारेर ४४ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा बीरगंजको –१९ बर्वा लगायत विभिन्न ठाउँबाट
अवैध रूपले राखिएको गोदाममा छापा मारेर बिभिन्न समान नियन्त्रणमा लिएको हो । प्रहरीले सोही क्रममा मुङ दाल, मोटर पार्ट्स, सौन्दर्य क्रिम, लगायत।
१४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम बरामद गरेको जनाएको छ ।
यस्तै कोही मानिस नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रूपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।
यसैगरी मंगलबार राति नै सोही गुल्मले वडा नम्बर १० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्ट्स र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामान समेत बरामद गरेको छ ।
बरामद सामान बुधवार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको बताईएको छ ।