आज्ञा खबर
रौतहट
मुद्दा दर्ता गराउन प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सो कार्यालयका अन्य कर्मचारीलाई दिनुपर्छ,भन्दै मिटर ब्याज पीडितसँग ५० हजार रुपैयाँ लिईरहेकै अवस्थामा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन् ।
पैसा लिइरहेको सूचनाको आधारमा साहलाई नियन्त्रणमा लिएर पीडितको पैसा फिर्ता गराएर आरोपी भरोसीमाथि ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।