आज बाह्रौं कृषक दिवस

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
हरेक वर्ष जेठ २७ गते मनाईने राष्ट्रिय कृषक दिवस,आज बाह्रौं कृषक दिवसको रुपमा देशभर मनाइँदै छ ।
२०७० साल मनाउनदेखी शुरु भएको कृषक दिवस, किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर मनाईने गरीन्छ ।
नेपाल कृषि प्रधान देश भए पनि हाल बिदेशबाट आयात गरेर खाद्यान्नको माग धान्नुपर्ने अवस्था रहेको छ ।देशका युवाशक्ति विदेशिने क्रम बढेसँगै देश भित्रका खेतीयोग्य जमिन बाँझै रहन थालेका छन ।
किसानले समयमै मल ,बिउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुनु, उत्पादभएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या किसानले भोग्दै आएका छन् ।

सरकारले २०८१ देखि २०९१ को अवधिलाई कृषिमा लगानी दशक समेत घोषणा गरेपनी किसानसम्म पुग्नुपर्ने कृषि प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्न सकेको छैन। किसानले भोग्दै आएका विगतदेखिकै समस्यालाई सम्बोधन गर्नुपर्ने तर्फ सरकार उदाशिन देखिएको छ ।
आउँदो आर्थिक वर्षका लागि सरकारले कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
देशको अर्थतन्त्रमा झन्डै २५ प्रतिशत योगदान दिने कृषिक्षेत्रलाई प्रोत्साहन गर्न लगानी दशक घोषणा गर्नुलाई कृषि विज्ञले सकारात्मक माने पनी सो अनुसार यस क्षेत्रको बिकास र प्रर्बद्धन भएको देखिदैन । हाल यो क्षेत्रमा बिकास गर्न सरोकावाला निकाय सक्रिय भएर कदम चाल्न सकेमात्रै उनीहरुको सम्मान हुने महोत्तरीको बर्दिवासका अगुवा कृषकहरुको भनाई रहेको छ ।