बर्दिवासको राजमार्ग तथा मुख्य बजार क्षेत्रमा सरसफाई अभियानको सुरुवात

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग तथा मुख्य बजार क्षेत्रमा सरसफाई अभियानको सुरुवात गरिएको छ। बर्दिवास युवा सञ्जालको सहकार्य र रेस्टलेस डेभलप्मेन्ट नेपालको समन्वयमा नगरको मुख्यबजार क्षेत्र सफा गर्ने अभियानको शुरुवात गरिएको हो।
सके बर्दिवास सफा गरौ, नसके फोहोर पनी नगरौं’ भन्ने मुल नाराका साथ शनिवारदेखी हरेक हप्ता सफागर्नेगरी अभियानको शुरुवात थालिएको बर्दिवास युवा सञ्जालले जनाएको छ।
अभियानमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका अभियानीहरुले राजमार्ग र बजार क्षेत्रको सरसफाई अभियानलाई निरन्तरता दिने भएका छन ।

बजारमा सरसफाई अभियान चलाउने पहिलो चरणको कार्यक्रम को शुरुवात भएता पनि आवश्यक्ता अनुसार यसको दायरा अझ फराकिलो बनाउदै लैजाने बर्दिवास युवा सञ्जालका अध्यक्ष सुरेन्द्र कुमार साहले बताए । उनले भने ‘हामीले सरसफाइ गर्दा एकातर्फबाट बजार सफा त हुन्छ नै अर्कोतर्फबाट विभिन्न रोगको प्रकोपबाट पनि बच्न सक्छौ ।

उनले कुनैपनी कुराको पहिचान त्यसको सुन्दरतामा लुकेको हुने भएकाले टोल, गाउँ, बस्ती, समाज र समुदाय हुदै सिङ्गो नगरलाई नै सुन्दर बनाउन यहाँका सबै ठाँउमा सफा ,सुन्दर र हराभरा राख्न आवश्यक रहेको छ।
यो अभियानमा पहिले ‘म बदलिन्छु अनि हामी बदलिन्छौ त्यसपछी मेरो नगर बदलिन्छ’ भन्ने प्रतिबद्धताका साथ सरसफाई अभियान चलाउदै आएका हामी युबालाई सबैले साथ दिनु पर्ने आजको आवश्यकता हो ।

बजार तथा राजमार्ग सरसफाई अभियानमा, सशत्र प्रहरी बल, नेपाल प्रहरी, बिभिन्न सामाजिक संघ संस्था तथा राजनितिक दल,संस्थागत तथा सामुदायिक बिद्यालयका बिद्यार्थी, शिक्षक, लयायतको सहभागीता रहेको थियो ।