आज्ञा खबर
बर्दिवास
मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री भरतप्रसाद साहले नागरिकले प्रदेश सरकारबाट सहयोगको अनुभूति पाउने गरी प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिईने बताएका छन । शुक्रवार मधेश प्रदेशको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै साहले
आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ, अनुमानयोग्य एवं पारदर्शी बजेट निर्माण कार्य व्यवस्था बनाउन र बजेट तर्जुमा प्रक्रियालाई जनताको वास्तविक आवश्यकतासँग जोडेर अघि बढाईने उल्लेख गरे ।
उनले प्रदेशको समृद्धिमा कृषि, सिँचाइ, मल र सहज रुपमा पु¥याउन तोकिएकै समयभित्र अगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने बताए।
गरिबी निवारण,गर्न उत्पादन वृद्धि र सामाजिक न्याय सहितको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउने जनाए।
मन्त्री साहले ‘वित्तीय संघीयता सफल कार्यान्वयनका लागि प्रदेशको आयमा बृद्धिगर्न प्रदेशको सन्तुलित विकास र समसामयिक विकासलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्नमा जोड दिईने जिकिर गरे।