वातावरण दिवसको अवसरमा बर्दिवासमा बृक्षा रोपण

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
आज विश्व वातावरण दिवस, केवल एउटा पृथ्वी’भन्ने मुल नारासहित महोत्तरीको बर्दिवासमा मनाईएको छ।
हरेक वर्ष जुन ५ मा मनाईने यो दिवस बर्दिवासको वडा नम्बर १४ को आयोजनामा मनाईएको हो ।
सोही वडाको औरही चोकस्थित जलेश्वर बर्दिवास सडक खण्डको दुबै किनारामा गरिएको बृक्षरोपण कार्यक्रमको बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बिधिबत रुपमा बिरुवा रोपेर उद्घाटन गरेका हुँन। उद्घाटनको क्रममा उनले
बन बिनासको कारण हाल बिग्रदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न गरेको चुनौतीको सामना गर्न समेत नगरको खाली जग्गामा बृक्षारोपण आवश्यक रहेको बताए। उनले अगामी दिनमा समेत नगरको खाली ठाउँमा वृक्षारोपण गरेर नगरलाई हराभरा बनाईने बिचार ब्यक्त गरे।
गोल्ड मोहर ,निलमोहर प्रजातिका पचास थान विरूवा रोपेर दिबस मनाईएको बर्दिवास नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १४ का अध्यक्ष बिजय कुमार महतोले जानकारी दिए । महतोले बिहिवार सो सडकको छेउमा चेरी प्रजातीको बिरुवा थपगरी कुल ५ सय थान बिरुवा रोपिने समेत बताए ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक बर्ष यो दिवस मनाइन्छ।